बलिउड । भारतीय फिल्म ‘एनिमल’ मार्फत ‘भाभी नम्बर २’ भनेर चर्चामा आएकी अभिनेत्री तृप्ति दिमरी पछिल्लो समय प्रेम चर्चामा छिन् । उनको प्रेमी साम मर्चेन्ट रहेको र केहि समय अगाडि यी दुईले ‘रोमान्टिक होलिडे’ मनाएको खबर भारतीय मिडियाले प्रकाशित गरेका छन् । होलिडेबाट सार्वजनिक भएको तस्बिरमा तृप्तिसँग एक व्यक्ति देखिएका छन् । उक्त व्यक्ति प्रेमी हुन् सक्ने अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा फोटो र भिडियो सेयर गर्दै उनले लेखेकी छन्,‘आज मेरो जीवनको सबैभन्दा खुसीको अध्याय हो।’ तृप्ति र सामको सम्बन्ध यसअगाडि पनि धेरै पटक चर्चामा आएको छ । साम एक मोडल हुन् । उनले सन् २००२ मा ग्लाड्राग्स म्यानहन्ट प्रतियोगिता जितेका थिए।