काठमाडौँ । नेपालको सौन्दर्य व्यवसायमा चम्किलो नाम हो सुष्मा महरा । उनी विगत २५ वर्षदेखि सौन्दर्य व्यवसायमा सक्रिए छिन् । काठमाडौँ मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन सञ्चालनमा ल्याएकी सुषमाले काठमाडौँ मलको अलावा चाबहिल, सिटिसि मल, पोखरामा ,सुर्खेत र धनगढीमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् ।

१ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैं आएकी सुषमा आफै पनि अहोरात्र खट्ने मेहनती वरिष्ठ सौन्दर्य विज्ञ हुन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रबन्ध निर्देश तथा ब्युटी एसोसिएसन अफ नेपाल तथा महिला च्यामबरको आजीवन सदस्य समेत रहेका सुषमाले कुनै बेला कपडा व्यवसाय तथा बुटिक सञ्चालन गरेकी थिइन् ।
विसं. २०७२ साल वैशाख १२ गते आएको महाभूकम्पबाट पीडितहरूको सहयोगमा अत्यन्त दत्तचित्त भएर सुषमाले सक्दो सहयोग गरेर पुण्य कमाएकी थिइन् । त्यसै गरेर, क्यान्सर पीडितहरूका लागि कपाल दान गर्नेदेखि कोरोनाको कहरको बेला समेत विभिन्न राहत सामाग्री वितरण गरेर आयामिक कार्य गर्दै आएको कसैबाट छिपेको छैन।
श्रीमान् र परिवारको साथ र सहयोगका कारण बीग ब्युटी बिजनेशमा आफूले सफलता प्राप्त गरेको दिल खोलेर सुषमाले बताएकी छन् । आँट, धैर्य र साहसको प्रतीक सुषमा महराको भनाईमा स्वाभिमानमा बाँच्नुको मज्जा नै बेग्लै हुने गर्दछ । हातमा सीप भएको मान्छे कहिले पनि भोको हुंदैन्।